नियम २५
लिलाम बिक्री गर्ने कार्यविधि

(१) ऐनको दफा ३९ बमोजिम संस्था वा संघको बा“की बक्यौता असुल उपर गर्नु पर्ने व्यक्तिको जायजेथा लिलाम बिक्री गरी असुल उपर गर्दा संस्था वा संघले आफै वा संस्था वा संघको सिफारिशमा रजिष्ट्रारले देहायबमोजिमको कार्यविधि अपनाउनु पर्नेछ :–

(क) बाकी बक्यौंता तिर्न बुझाउनु पर्ने ठहर भएको व्यक्तिको नाममा बाटोको म्याद बाहेक पैंतीस दिनभित्र तिर्न बुझाउनु पर्ने रकम तिर्न बुझाउनु आउनु र उक्त रकम तिरी बुझाइ सकेको भए त्यसको प्रमाण पेश गर्न आउनु भनी पूर्जी पठाउनु पर्छ । यसरी म्याद पूर्जी जारी गरिएकोमा उक्त म्यादभित्र तिर्नु बुझाउनु पर्ने रकम तिर्न बुझाउन नआएमा वा तिरी बुझाइसकेको प्रमाण पेश नगरेमा निजको नाउमा लिलाम विक्री गर्ने सूचना प्रकाशित गर्नु पर्नेछ ।
(ख) धितो राखेको घर जग्गा–जमीन मालपोत कार्यालयबाट रोक्का गराइएको छैन भने रोक्का गर्न लगाई त्यसको प्रमाण राख्नु पर्नेछ ।
(ग) धितो राखेको चल अचल सम्पत्तिको लिलाम बिक्रीको सूचना प्काशित गर्नु पर्दा धितोको विवरण, निजले बुझाउनु पर्ने सा“वा, व्याज र हर्जनाको रकम समेत उल्लेख गरी सूचना प्रकाशित  गरेको मितिले चल सम्पत्ति भए पन्ध्र दिनभित्र र अचल सम्पत्ति भए पैंतीस दिनभित्र लिलाम बिक्री गरी सा“वा व्याज र हर्जनाको रकम असुल उपर गरिने बारेको सूचना स्थानीय गाउ“ विकास समिति वा नगरपालिका र सार्वजनिक स्थानमा टास गरी स्थानीय वा राष्ट्रिय स्तरको कुनै एक पत्रपत्रिकामा प्रकाशित गर्नु पर्नेछ ।
(घ) लिलाम विक्री गर्दा कार्यालय खुल्ने समयदेखि शुरु गरी बन्द हुने समय भन्दा एक घण्टा अगाडि समाप्त गर्नु पर्नेछ । लिलाम बिक्री हुने भनी तोकिएको दिन विदा पर्न गएमा त्यसको भोलिपल्ट सोही स्थान र समयमा लिलाम विक्री गर्नु पर्नेछ ।
(ङ) धितो लिलाम बिक्री गर्दा लिलाम गरिने चल अचल सम्पत्तिकोपंचकृति मोल कायम गरी सोही रकमबाट डा“क वढावढ गरी शुरु गर्नु पर्नेछ । डाक बोल्न उपस्थित भई डा“क वढावढ गर्ने व्यक्तिहरूमध्ये सबै भन्दा बढी डा“क बोल्ने व्यक्तिको नाममा लिलाम बिक्री स्वीकृति गर्नु पर्नेछ ।
(च) डाक बोल्न शुरु गरी वढावढ गर्नेले डा“क अंक बोलेपछि विनियमले तोके बमोजिमको ढा“चाको फाराममा निजले बोलेको अंक स्पष्ट खोली निजको सहीछाप गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गर्दा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र लिलाम बिक्री हुने ठाउ नजीक कुनै सरकारी कार्यालय भए सो कार्यालय र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाको प्रतिनिधिलाई साक्ष्ँ राखी मुचुल्का गराई लिलाम बिक्री गर्नु पर्नेछ ।

(३) लिखित रूपमा अनुरोध गर्दा पनि उपनियम (२) मा लेखिएका कुनै कार्यालयको प्रतिनिधि खटी नआएमा उपस्थित प्रतिनिधि र गा विकास समिति वा नगरपालिकाका प्रतिनिधिलाई साक्षी राखी लिलाम बिक्री गर्नु पर्नेछ ।

(४) बाकी बक्यौता असुल उपर गर्न जुन व्यक्तिको चल अचल सम्पत्ति लिलाम बिक्री गरिने हो सो व्यक्तिलाई लिलाम बिक्री हुने समय र ठाउ तोकी उपस्थित हुने
सूचना पठाउनु पर्नेछ ।
तर त्यसरी लिलाम बिक्री हुने दिन सरोकारवाला व्यक्ति उपस्थित नभएमा पनि लिलाम बिक्री गर्न वाधा पुगेको मानिने छैन ।